४० हजार बोरा चिनी बन्दरगाहमै थन्कियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन १८, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले सिर्सिया सुक्खा बन्दरगाहमा साढे पाँच महिनादेखि अड्किएको आफ्नो सबै चिनी अझै छुटाउन सकेको छैन ।

बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँचपास नगराउँदा उसले साढे चार करोड रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । बन्दरगाहमा अड्किएको साल्टको ५० हजार बोरा चिनीमध्ये १० हजार बोरा चिनी महिनाअघि जाँचपास गरेर लगेको थियो ।

त्यतिबेला एक करोड रुपैयाँ धरौटी राखेर चिनी छुटाएको साल्टले त्यसयता नलगेको बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए ।

सरकारले भन्सार नाका हुँदै चिनी आयातमा लगाएको परिमाणत्मक बन्देजका कारण बन्दरगाहमा असोज ६ देखि चिनी थन्किएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस