लगानी सम्मेलनमा ५० देशका ७०० सहभागी हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । चैत्रको दोस्रो साता काठमाडौंमा हुने लगानी सम्मेलनमा ५० भन्दा बढी देशका कम्पनी र सरकारी अधिकारी सहभागी हुने भएका छन्।

नेपालका विभिन्न परियोजनामा लगानी जुटाउने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनललाई लक्षित गरी सरकारले लगानी र व्यवसाय सम्बन्धी कानून पनि धमाधम संशोधन गरिरहेको छ।

सम्मेलनमा ५० भन्दा बढी देशका ७ सय व्यक्ति सहभागी हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएको छ।

सम्मेलनमा लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र अन्य सरोकारवाला सहभागी रहने बोर्डले जनाएको छ।

दुईदिने सम्मेलनमा सहभागीहरुलई सरकारले लगानीको वातावरण तयार गर्न संशोधन गरेका कानुन, नेपालमा लगानी गर्नेहरुका लागि सम्भावित आयोजनाबारे जानकारी दिनुका साथै नेपालका उद्यमीहरुसँग अन्तरक्रिया गराएर अनुभव आदानप्रदान गराउने बोर्डको लक्ष्य छ।

ताजा अपडेट

खोजी गर्नुहोस