काठमाडौँमा सुरु भयो ‘लगानी कुम्भमेला’: हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १५, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । लगानी सम्मेलनमा बोल्दै उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरेका छन । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे ।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।

सम्मेलनका अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । उदघाटन समारोहमा बोल्दै उनले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्रीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरेका छन् ।

लगानी सम्मेलनमा बोल्दै उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।

राजनीतिक संक्रमणकाल सकिएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीले लगानीकर्तालाई आग्रह गरेका छन् । ‘नेपाल लगानीको भर्जिन ल्यान्ड हो । यहाँ कुनै असुरक्षा छैन । ढुक्क भएर लगानी गर्नुस्, सबै जिम्मा सरकारले लिन्छ’ सहभागीलाई विश्वस्त गराउँदै प्रधानमन्त्रीले भने । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस