१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसामा आइसकेका युवाको लागि मलेसिया खुला गरिएको हो।

मलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसामा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृति दिइएको छ।

वैदेशिक रोजगार विभाग काठमाडौँले सोमबार २ र मंगलबार १७ युवालाई मलेसिया जाने अनुमति दिएको हो।

मलेसियाले नेपाली कामदार माग गरेको १७ वर्षपछि दुई देशबीच केही महिनाअघि श्रम सम्झौता भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस