सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १७, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौाष १७, काठमाण्डौँ । चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् । संघीय संसदको अर्थसमितिको बुधबार आयोजना गरेको अर्थतन्त्रको अवस्थाबारे छलफलमा उनीहरुले सरकारको अहिलेको काम गराइले लक्ष्यअनुसार आर्थिक वृद्धि असम्भव भएको बताएका हुन् ।

पुँजीगत खर्चमा देखिएको सुस्तता र राजस्व असुलीमा देखिएको खाडलले चालू आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य प्राप्त हुन असम्भव देखिएको अर्थशास्त्रीहरु बताउँछन् । सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा १० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जुन गत वर्षभन्दा कम हो भने राजस्व असुलीमा पनि ८५ अर्बको ग्याप देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस