पौष १८, काठमाण्डौँ । वैदेशिक व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको पाइएको छ । ११२ मुलुकसँग भने नेपालको व्यापार घाटामा रहेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन् ।
चालु आवको पाँच महिनामा १३९ मुलुकसँग भएको व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको हो । काजकिस्तान, यमन, कोलम्बिया, कंगो, माल्दिभ्स, सुडान, अफगानिस्तान, होन्डुरस, हैटीलगायतका २७ मुलुकसँग नेपालको व्यापार नाफामा छ । नाफामा रहेका मुलुकमध्ये अधिकांशसँग नेपालको न्युन मात्रामा व्यापार हुन्छ । पाँच महिना अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागले जनाएको छ ।