पौष २०, काठमाण्डौँ । सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो ।
गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो । शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुन हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ । प्रतितोला चाँदीको मूल्य भने ९ सयमा कारोबार भइरहेको छ ।