सुनको मूल्य निरन्तर उकालो चढ्दै, सोमबार तोलाको ७६ हजार रुपैयाँमा कारोवार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २१, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाण्डौँ । सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य सोमबार ५ सयले बढेर ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भयो । शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पनि हजार रुपैयाँ बढेको थियो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस