सुन तोलाकै ७६ हजार, अझै बढ्ने ब्यबसायीको अनुमान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो । तीन दिनमा २ हजार ५ सय रुपैयाँ महँगिएपछि सोमबार प्रतितोला ९११.६६४ ग्राम सुनको भाउ नयाँ उचाइमा पुगेको हो । अमेरिका र इरानबीच युद्ध जोखिम बढ्दै गएपछि विश्व बजारमै सुनको मूल्य उकालो लागेको छ ।

सुनको भाउ लगातार बढेपछि बजारमा सुनको बिक्री लगभग बन्द भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा विनय बञ्जराले लेखेका छन् । तर कतिसम्म बढ्छ भन्ने पूर्वानुमान गर्न सकिने अवस्था नभएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस