पौष २३, काठमाण्डौँ । बुधवार सुनको मूल्य १ हजार रुपैयाँले वृद्धि भएको छ । मंगलवार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार १ हजार रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधवार चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार भने चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो ।