पौष २५, काठमाण्डौँ । अछामको वैद्यनाथ वेद विद्याश्रमलाई महालक्ष्मी विकास बैंक लिमिटेडले रु १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको ज्ञान भएका जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा सञ्चालित विद्याश्रमलाई आर्थिक सहयोग प्रदान गरिएको बैँकले जनाएको छ ।
काठमाण्डौको दरबारमार्गस्थित बैैंकको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न एक कार्यक्रमबीच बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाना, बास, कपडालगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको हो ।