सुनको मुल्यमा भारी गिरावट, कति पुग्यो ? हेर्नुहोस् आजको बजार भाउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २५, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाण्डौँ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सय रहेको थियो । त्यस्तै आज तोलामा ९ सयले कमि आई प्रतितोला सुन ७४ हजार ६ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७४ हजार ३ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ९ सय रहेको थियो । त्यस्तै आज मूल्यमा कमि आई प्रतितोला चाँदी ८ सय ८५ कायम भई कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस