निर्मल बुद्धभुमी सहकारी संस्थाको नवौँ बार्षिक साधारण सभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २६, शनिबार (५ साल अघि)
  • ७४ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाडौँ । निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारी लि.को नवौँ बार्षिक साधरणसभा सम्पन्न भएको छ । राजधानीमा आयोजित साधारण सभामा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका राष्ट्रिय सहकारी बैँकका सञ्चालक तथा राष्ट्रिय जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारी क्षेत्रले मुलुकको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सहकारीको थप सफलताको कामना गरे ।

उनले राजधानीमा निर्मल बुद्धभुमी बचत तथा ऋण सहकारीले किर्तीपुर लगायतका स्थानमा पुर्याएको सेवाबाट आफु खुसी भएको बताउदै अझै विश्वास जित्न सकोस् भनी शुभकामना व्यक्त गरे ।

साधारण सभाले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । किर्तिपुरलाई आधार बनाएर सञ्चालनमा रहेको सो सहकारीले आर्थिक बर्ष ०७५/७६ मा ४१ लाख ८५ हजार १ सय ८५ रुपैया खुद नाफा गरेको छ । सहकारीको यस बर्ष २० लाख ९६ हजार १ सय रुपैया शेयरपुँजी बृद्धी भएर १ करोड २० लाख ७६ हजार ३ सय रुपैया पुगेको छ । संस्थाले यस बर्ष ११ करोड ४८ लाख ५८ हजार ९ सय ९ रुपैँया निक्षेप संकलन गरेको छ भने १५ करोड ३४ लाख ६० हजार ३ सय ६१ रुपैया कर्जा लगानी गरेको छ । संस्थाले आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आगामी बर्षको लागी १३ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको छ ।

आगामी बर्ष ५ करोड शेयर पुँजी पुर्याउने लक्ष्य लिएको सहकारीका अध्यक्ष योगेन्द्र दर्शनधारीले अनलाईनकेन्द्र डटकमलाई बताए । उनले प्रति शेयर धनीहरुको विश्वास अझ दिगो बनाउनको निमित्त यस बर्षपनि संस्थाले साझेदारी तथा सञ्जाल विस्तार,प्राविधिक तथा औजार विकास,व्यवसाय तथा सेवा बृद्धी र सदस्यता बृद्धीलाई प्रमुख प्राथामिकता दिने बताए ।

साधारणसभामा गनबहाल महाबिहारका भिक्षु शोभित महास्थविर,एम.पी महाबिहारका प्रमुख भिक्षु भदिय महास्थविर, नगर मण्डप श्री कृतिविहारका अनागारिका मिना गुरुमा, मातापिता स्मृती कोषका संयोजक बशला दर्शनधारी,मोविल्याण्ड ग्रुपका अध्यक्ष दिनेश दर्शनधारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षा,स्वास्थ्य र सामाजिक क्षेत्रमा रहेर काम गरिरहेको व्यक्तीलाई सम्मान गरिरहेको थियो । साथै संस्थामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई संस्थाको विश्वासको प्रतिबिम्बको रुपमा सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो ।

दर्शनधारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

संस्थाको नवौ साधरण सभाबाट फेरी योगेन्द्र दर्शनधारी सर्वसम्मत अध्यक्ष बनेका छन । नयाँ नेतृत्व चयन गर्न गठित निर्वाचन समितिको संयोजक ललितपुर बार एशोसियसनका कोषाध्यक्ष एवंम अधिबक्ता शरद रानामगरले नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको घोषणा गरे ।

निर्वाचन समितीले दर्शनधारीको नेतृत्वमा ७ सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सपना दर्शनधारी, सचिवमा सगुन मर्हजन,कोषाध्यक्ष सलिना मर्हजन निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा सृष्टि मर्हजन,दिपा श्रेष्ठ र सरोज महर्जन रहेका छन ।

त्यस्तै प्रविन शाक्यको संयोजकत्वमा तिन सदस्यिय लेखा समिती गठन गरिएको छ । जसमा रजित महर्जन र कृति महर्जन सदस्य रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस