“अर्थतन्त्रका बारेमा धेरै टिकाटिप्पणी गर्नुहुँदैन” : अर्थमन्त्री डा. खतिवडा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रमा क्रमिक रुपमा सुधार हुँदै आएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७०औं बार्षिकोत्सवमा अर्थमन्त्री डा। खतिवडाले मुलुकको अर्थतन्त्रका बारेमा धेरै टिप्पडी गर्नुभन्दा पनि अर्थतन्त्रको सुधारमा लाग्नु पर्ने बताए । उनले भने हामी कहिले बुझेर त कहिले नबुझेर, कहिले पूर्ण रुपले सूचना नपाएर टिकाटिप्पणी गर्छौ । परिसूचकहरु हेरिएन भने हाम्रा भनाईहरु अपरिपक्क हुन्छन्, अपुरो हुन्छन् ।

सरकारले एक तिहाई भन्दा बढी लगानी नगर्ने बताउँदै उनले दुई तिहाई भन्दा बढी लगानी निजी क्षेत्रले मात्र गर्ने बताए । उनले भने जसको कारणले समग्र अर्थतन्त्र गतिशिल अवस्थामा अघि बढेको छ । यो तथ्य विहिन कुरा होइन, विवरणहरुले यहि भन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस