सुनको मूल्य ५०० ले बढ्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाडौं । केही दिन यता लगातार घटिरहेको सुनको मल्यमा वृद्धि भएको छ । साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि आइतबार ७६ हजार ७०० मा कारोबार भएकोमा आज प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार ७९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस