६ सय ८ पर्यटक लिएर युरोप उडे कतार एयरवेजका दुई विमान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १५, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । कतार एयरवेजका दुई वटा विमानले युरोपियन युनियन अन्तर्गतका देशमा नेपालमा अलपत्र यात्रु लिएर उडेका छन् ।

विहान ११ : ४७ बजे र मध्यान्ह १२: ४५ बजे कतार एयरवेजका दुई वटा विमानले ६०८ जना पर्यटक लिएर त्रिभुवन विमानस्थल छाडेका हुन् ।

युरोपेली मुलुक स्वीडेन, फ्रान्स र जर्मनीका ६ सय भन्दा बढी नागरिक शनिबार नेपालबाट स्वदेश फर्किएका छन् । ती मुलुकले कतार एयरवेजको वाइडबडी जहाज चार्टड गरेर आफ्ना नागरिकलाई फिर्ता लगेका हुन् । धेरैजसो युरोपियन नागरिक नेपालमा पदयात्राका लागि आएका थिए ।

कतार एयरवेजको उडान नम्बर ७७८२ बाट ३०३ पर्यटक फर्किएका छन् भने ३४६८ बाट ३०५ जना युरोप फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालस्थित जर्मन तथा विभिन्न युरोपेली देशका दूतावासहरुको समन्वमा अलपत्र पर्यटकलाई विमान चार्टर गरेर फर्काइएको हो । शुक्रबार पनि कतार एयरवेजबाट ३०७ पर्यटकलाई उद्दार गरेर युरोप लगिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस