पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो, अब कति रुपैयामा पाइन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १९,काठमाडौँ । पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो ।

अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा घटे पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस