लकडाउनमै आर्थिक गतिविधि अघि बढाउने तयारीमा सरकार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनका बीच आर्थिक गतिविधि अघि बढाउने सोच बनाएको बताएका छन् । बुधबार साँझ बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् । उनले भने -‘सुरुदेखि नै अभ्यास गर्न खोजेका हौँ । क्रमश जोखिम हेरेर विस्तारै लकडाउनलाई खोल्दै लैजान सकिन्छ । खतिवडाले कोरोना भाइरसको संक्रमणले अर्को आर्थिक वर्ष झनै चुनौतिपूर्ण हुने बताए । संकटकालीन अवस्थामा पनि निजी क्षेत्रका लागि लगानीको बाताबरण अझै राम्रो बनाउने उनले उल्लेख गरे । कोरोना भाइरसको कारण अर्थतन्त्रमा २ खर्बको नोक्सानी भएको अनुमान गरेका छौँ, पर्यटन, निर्माण, थोक ब्यापारको बृद्धी दर ऋणात्मक हुन्छ– अर्थमन्त्रीले भने । तरपनि कृषि, शिक्षा र स्वास्थ्यको बृद्धी दर केही राम्रो हुन्छ–उनको भनाई थियो ।

उनले राजस्व व्यवस्थापन गर्नको लागि बजेटमार्फत सम्बोधन गरिने बताए । उनले अन्तराष्ट्रिय दाताहरुसंग सहयोग माग्ने, र सहयोगको क्षेत्रलाई फराकिलो बनाउन पर्नेमा जोड दिए । खतिवडाले अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैँक ,यशियाली बैँक लगायतले कोरोनाको रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको उनि उल्लेख गरे । उनले साना मझौला व्यवसायीको लागि सुरुवाती समयको लागि केही अध्ययन गरेर छुट सुविधा दिने र व्यवसायीले लिएका ऋणको ब्याजमा केही छुट दिने, ऋण तिर्ने समय एक महिना पर सार्न सहयोग गर्ने उनले बताए ।

साना तथा मझौला उद्योगमा रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षाकोषमा हुने योगदान सरकारले नै चैत्र महिनाको तिरिदिने मन्त्री खतिवडाले बताए । मन्त्री खतिवडाले बेरोजगारी समाधान गर्न वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारीमा आवद्ध गर्ने , कृषियोग्य स्वरोजगारी सिर्जना गर्ने, जमिन उपलब्ध गराउने , आधुनिक खेति गर्न उत्प्रेरित गर्ने लगायतका कामहरु गर्ने उनिहरुको लागि उचित ऋणको व्यवस्था गर्ने योजना सरकारले तयार पारिरहेको बताए ।

चुनौतीपूर्ण अवस्थालाई सामना गर्न श्रोतको जोहो गर्नु पर्नेछ, यसका लागि दाताहरुलाई सहयोग गर्न भनेका छौँ, आन्तरिक ऋणपनि उठाउनु पर्नेछ–उक्त अन्तरवार्तामा अर्थमन्त्री खतिवडाले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस