वैशाख २२, काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको सहर्ष जानकारी गराउदछौं । यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाताखोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिंग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्न ेबिलभुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फतगर्न सक्नेछन् । साथैयो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमितअवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी गराउदछौं ।
नबिलबैंक निजि क्षेत्रको अग्रणी बैंक हो । देश भर ११८ शाखाहरु र १७७ एटिएम संजाल रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमाकामगर्दै आएको छ ।