असार २२, काठमाण्डौ । सोमबार सुनको मूल्य ३ सयले घटेर ९० हजार २ सय पुगेको छ । आइतबार सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ । जसको असर नेपालमा समेत परेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा कायम छ । अघिल्लो दिन सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।