सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
  • ४३ पटक पढिएको
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

बैशाख ५, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलाको प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस