प्रभु केबुलकारले आइपीओ ल्याउँदै, कम्पनीका केबुलकारहरु कहाँ छन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ९, आईतबार (१ साल अघि)
  • ५० पटक पढिएको
प्रभु केबुलकारले आइपीओ ल्याउँदै, कम्पनीका केबुलकारहरु कहाँ छन् ?

बैशाख ९, काठमाडौँ । प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउन सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको आवेदन मागेको छ ।

प्रतिस्पर्धाबाट छनोट हुने बिक्री प्रबन्धकले कम्पनी आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउन शिलबन्दी आह्वान गरिएको कम्पनीद्वारा जारी सूचनामा जनाइएको छ ।

कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले हाल तीन वटा केबुलकार परियोजना अघि बढाएको छ । जसमध्ये बुटवलको सिद्धार्थ केबुलकार परियोजना सञ्चालनको अन्तिम तयारीमा छ । एक अर्ब रुपियाँको लागतमा तिनाउ नदी छेउको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केबुलकार निर्माण भएको छ । आन्तरिक पर्यटकदेखि तथा भारतीय पर्यटक लक्षित गरी निर्माण गरिएको उक्त केबलकार केही दिनभित्रै सञ्चालनमा आउने छ । सो केबलकारबाट नुवाकोटगढी, भैरवस्थानलगायतका ऐतिहासिक स्थानमा पुग्न सकिनेछ ।

बुटवलको आन्तरिक पर्यटनका लागि प्रख्यात नुवाकोट क्षेत्र केबलकार सञ्चालनपछि थप फस्टाउने स्थानीय व्यवसायीको भनाइ छ । केबलकार चढेरै बुटवल, भैरहवा, लुम्बिनीलगायत सीमावर्ती क्षेत्रको अवलोकन गर्न सकिने र तराईंको गर्मी छल्न छोटो दू्रीमै चिसो डाँडा पुग्न सकिने भएकाले पर्यटकको रोजाइ हुने विश्वास कम्पनीको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस