सुनको मूल्य दुई हजारले वृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • १०१ पटक पढिएको
सुनको मूल्य दुई हजारले वृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख २०, काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस