प्रभु बैँक लि.र टिस्टुङ्ग रिसोर्ट बीच छुट सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण ८, मंगलबार (९ महिना अघि)
  • ९६ पटक पढिएको
प्रभु बैँक लि.र टिस्टुङ्ग रिसोर्ट बीच छुट सम्झौता

साउन ८, काठमाण्डौँ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणा द्धारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस