पौष १८, काठमाण्डौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजना अन्तर्गत मेगा बम्पर उपहार “आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷ प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१,९०९ (अक्षरूपी एक्चालिस हजार नौ सय नौ )को १८ गुणा गरेर रू ७,५४,३६२ (अक्षरूपी सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी ) जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मङ्सिर ३० गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको थियो ।