सुनको भाउ बढ्यो, चाँदीको भाउ स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन ६, मंगलबार (२ महिना अघि)
  • ३२ पटक पढिएको
सुनको भाउ बढ्यो, चाँदीको भाउ स्थिर

फागुन ६,काठमाडौँ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेर तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस