शेयर बजार बढ्यो, बैंकमा झुम्मिए लगानीकर्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ८, बिहिबार (५ घण्टा अघि)
  • ३८ पटक पढिएको
शेयर बजार बढ्यो, बैंकमा झुम्मिए लगानीकर्ता

जेठ ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १९.०४ अंकले बढेर नेप्से परिसूचक २६८८.५५ अंकमा पुगेको छ ।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज ३१४ धितोपत्रका २ करोड २३ लाख ९६ हजार ३ सय २९ कित्ता इकाई किनबेच हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६ सय ८२ रुपियाँको कारोबार भएको छ । हिजो १० अर्ब ६९ करोड बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी बैंकिङ सैक्टर बढेको छ । बैंकििङ ३.८२ प्रतिशत बढ्दा समग्र परिसूचक बढ्न पुग्यो । यस्ते माइक्रोफाइनान्स २.५८ प्रतिशत बढ्यो भने निर्जीवन बीमा स्थिर रहेको छ ।

आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घट्यो । त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया बैंक ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ तथा कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो ।

यस्तै सबैभन्दा बढी घट्नेमा बाराही हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत घट्यो । साथै तारागाउँ रिजेन्सी होटल ५.६७ तथा इसियन हाइड्रोपावर ४.५६ प्रतिशतले घट्यो ।

आज धेरै कारोबार हुनेमा ङादी ग्रुप पावर अगाडी छ । उक्त कम्पनीको ६९ करोड १ लाख ७२ हजार ३ सय २५ रुपियाँ बराबरको कारोबार भएको छ । यस्तै धेरै कारोबार क्रकश राधि विद्युत्, कुमारी बैंक, युनिभर्सल पावर र माउन्टेन इनर्जी रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस