असोज २, जनकपुर । जनकपुर–जयनगर रल्वे शुक्रबार मध्यान्ह जनकपुरधाम आइपुग्ने भएको छ । रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी परीक्षणका लागि जनकपुरधामसम्म ल्याइएको हो । लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट आज जनकपुर आइपुग्ने भएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । रेलको बगी २ सेट तथा ४ वटा इन्जिन बिहार प्रदेशको हाजीपुर स्टेशनबाट जयनगर आइसकेको छ ।