असोज २५,विरगञ्ज । वीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्ता बजारमा निर्माण सम्पन्न इन्टरलक पेवर्स ढलानको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले उद्घाटन गरेका छन । स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोष बाट सम्पन्न भएको सड़क ढलान तथा नाला निर्माण कार्यको आज एक कार्यक्रम का बिच सांसद यादवले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सांसद यादवले जन–आपेक्षा अनुसार बिकास निर्माण कार्य को गती बढ़ने बताए। आफुले यस क्षेत्रको र यस वार्ड को बासीहरु संग पाएको जनादेश अनुसार नै एतिहासिक बिर्ताबज़ार स्तरोनति कार्य १ वर्ष मै सम्पन्न भएको र वार्डको बिकाशका लागी जनता को जनचाहना अनुरुप विकास कार्यहरू शुरू गरेको बताए ।
अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नया योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिईने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य करिमा बेगम ले यस क्षेत्र को विकास निर्माण कार्यमा कुनै किसिम को कमि न आउने बताईन उनले माननीय सांसद प्रदिप यादवज्यु जस्ता जुझारु युवा नेता को हरेक पाइलामा आफु संगै लगेर क्षेत्र विकासमा सहयोग गर्ने बताएका थिइन् ।
त्यसैगरी कार्यक्रमका अध्यक्षता गरेका वडा न.४ का अध्यक्ष जगत शाह कानुले यो वार्ड को बिकासमा अतुल्य सहयोग र साथ दिदै आएका संघिय सांसद प्रदिप यादवलाई आभार व्यक्त गर्दै आफुलाई सो वार्डका जनताले विकास का निमित बिश्वाश गरेर मतदान गरेको हुन्नाले विकास प्रेमी नेतृत्व नै यो वार्ड को पहिलो रोजाई रहने बताए ।
कार्यक्रम मा वडा न.१६ का अध्यक्ष श्यामबाबु चौरसिया, समाजवादी युवा फोरम का केन्द्रिय सचिव सरोज यादव केन्द्रिय सदस्य प्रकाश शर्मा जनता समाजवादी पार्टी का एकाई सचिव दिपक साह नेता तथा कार्यकर्ता हरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमलाई मुकेश सिंहले सहजीकरण गरेका थिए ।