काठमाण्डौमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा ए को सङ्क्रमण देखियो !

Post Thumbnail

पौष ८, काठमाण्डौँ । काठमाण्डौमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा ए को सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका १५ वर्षीय एक किशोरमा इन्फ्लुएन्जा ए भएको पुष्टि भएको अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो ।

ती किशोरलाई स्वाइन फ्लु र हङकङ फ्लुमध्ये एउटा भएको भए पनि यीमध्ये कुन चाहिँ फ्लु भएको हो भन्ने टुङ्गो लाग्न बाँकी छ । परीक्षणको थप रिपोर्ट आएपछि यो पनि थाहा हुने डाक्टर पुनले जानकारी दिनुभयो । स्वाइन फ्लु ुएन वन एच वनु विषाणुका कारण हुने गर्छ ।

स्वाइन फ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी, शरीर तथा टाउको दुख्ने, काँप्ने, अल्छी लाग्ने, कसैकसैलाई झाडापखाला र बान्ता हुने, अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भइ निमोनिया भएर बिरामीको ज्यानै जानसक्ने डाक्टर पुनले सचेत गराउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस