कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघ्यो, दक्षिण कोरियामा एकै दिन दुई सय नयाँ बिरामी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १२, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण १२, काठमाण्डौ । कोभिड १९ अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी ज्यान गुमाएका समाचार संस्था सीएनएनले जनाएको छ । यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

यसैबीच दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । हिजो एकै दिन झण्डै २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।

ताजा अपडेट

खोजी गर्नुहोस