कोरोनाभाइरस : सङ्क्रमण फैलिन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाण्डौ । भारतले कोभिड १९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देशभित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ । गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ ।

भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । भारतमा हालसम्म कोभिड १९ सङ्क्रमितहरूको आधिकारिक सङ्ख्या ६० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि गरिएका नमूना परीक्षणहरूको नतिजा आउँदै गर्दा आगामी दिनहरूमा यो सङ्ख्या बढ्न सक्ने ठानिएको छ ।

बुधवार राती सरकारले जारी गरेको सुझावमा भनिएको छ कुटनीतिक, सरकारी अधिकारी, रोजगारी र निश्चित परियोजना सम्बद्ध प्रवेशाज्ञाहरू हालको प्रतिबन्धको प्रावधानमा पर्दैनन् । र यो व्यवस्थाको एकमहिनापछि पुनस् समीक्षा गरिनेछ । बिबिसि

ताजा अपडेट

खोजी गर्नुहोस