चैत्र २६, काठमाण्डौ । विश्वभर कोरोना संक्रमण भएका ३ लाख २ हजार ३ सय ५२ जना बिरामी निको भएर घर फर्किएका छन् । प्राणघातक रोग कोरोना भनिएपनि धेरै सँख्यामा बिरामीहरुको स्वास्थ्य लाभ पनि भएका छन् । यसलाई खुसिको पक्ष सम्झनुपर्छ । अहिले बिश्वभर ८२ हजार १ सय ३६ जनाले ज्यान गुमाईसकेका छन् । भने १४ लाख ३३ हजार १२ जना अहिले कोरोनासँग लडिरहेका छन् ।
चीनको बुहानबाट फैलिएको कोरोनाले अहिले इटाली, स्पेन, अमेरिका, फ्रान्स, अस्ट्रेलिया लगायतका देशमा तिब्र रुपमा फैलिरहेका अबस्था छ । अहिलेसम्म अमेरिकामा २१ हजार ७ सय ११ जनाले पुनर्जिवन पाएका छन् । जवकी त्यहाँ ४ लाख ५ सय ४६ कोरोना कोभिड १९ संक्रमित छन् भने १२ हजार ८ सय ५७ जनाले ज्यान गुमाएका छन् ।
स्पेनमा ४३ हजार २ सय ८ जना पूर्ण रुपमा निको भएका छन् । त्यहाँ संक्रमित १ लाख ४१ ह्जार ९ सय ४२ जना रहेका छन् भने १४ हजार ४५ जनाको मृत्युभएको छ ।
ईटालीमा २४ हजार ३ सय ९२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । त्यहाँ १ लाख ३५ हजार ५ सय ८६ जना संक्रमित रहेका छन् भने १७ हजार १ सय २७ जनाले मृत्यु वरण गरेका छन् ।
फ्रान्समा १९ हजार ३ सय ३७ जना निको भएर घर फर्किएका छन् । १ लाख ९ हजार ६९ जनामा संक्रमण रहेको छ भने १० हजार ३ सय २८ जनाले ज्यान गुमाएका छन् ।
जर्मनीमा ३६ हजार ८१ जना कोरोनाबाट निको भएका छन् । जहाँ २ हजार १६ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ६३ जनामा संक्रमण रहेको छ । यसैगरी चाईनामा ७७ हजार २ सय ७९ जना संक्रमणबाट मुक्त भएका छन् भने ३ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ ।
अस्टे्रलियमा २ हजार ५ सय निको भएका छन् भने ६ हजार १० जना संक्रमित रहेका छन् । भारतमा ४ सय ६८ जना कोरोनाबाट निको भएका छन् भने ५ हजार ३ सय ६० जना कोरोना संक्रमित रहेका छन् । त्यहाँ १ सय ६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा पनि ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । त्यहाँ कोरोना संक्रमित ४ हजार ७२ जना रहेका छन् भने ५८ जनाको मृत्यु भईसकेको छ ।
निको हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । कोरोना भाइरस कोभिड १९ सुन्दा जति डरलाग्दो छ यो रोगबाट निको हुनेको सँखयामा पनि बृद्धि भएको छ । अहिले बिश्व नै आक्रान्त भईरहेको अबस्थामा यो माहामारीलाई परास्त गर्न सकिन्छ भन्ने आँट यो निको भएको तथ्याङ्कले दिएको छ । साबधानीका साथ लकडाउन पालना गरेर ब्यक्ति ब्यक्तिबिचको दुरी घटाउन सके यो कोरोना भाइरस नेपालबाट पनि छिट्टै परास्त हुनेछ । नेपालमा हालसम्म ९ जनामा यो संक्रमण देखिएको छ । जहाँ ८ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् ।