(कोरोनाअपडेट) बिश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो,अमेरिकामा मात्रै १८ हजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २९, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २९, काठमाण्डौ । कोरोना भाइरस संक्रमणबाटविश्वभर मृत्यु हुनेहरुको संख्या शुक्रबार बेलुका एक लाख नाघेको छ । जोन्स हप्किन्स् युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वभर एक लाख एक हजार पाँच सय २६ जनाको ज्यान गयो । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मात्रै १८ हजारले ज्यान गुमाइसकेका छन्। शुक्वबार बेलुकासम्मको तथ्याकं अनुसार अमेरिकामा १८ हजार २ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै इटलीमा १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा जुन रुपमा कोरोना भाइरस संक्रमण बढिरहेको छ र जुन रुपमा मृत्यु भइरहेको छ त्यसको रफ्तार हेर्दा इटली चाँडै दोस्रो नम्बरमा आउने देखिन्छ ।

अहिले कोरोना संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा ४ लाख ९६ हजारमा कोरोनाको संक्रमण फैलिइसकेको छ । दोस्रो संक्रमित भएको स्पेनमा जम्मा संख्या एक लाख ५७ हजार छ भने तेस्रो नम्बरमा रहेको इटलीमा एक लाख ४७ हजार संक्रमित फेला परेको छ ।

संक्रमितको संख्या र मृतकको संख्या हेर्दा इटलीमा बढि देखिन्छ । डेढ लाख संक्रमितहुँदा नै १८ हजारले ज्यान गुमाएका थिए । संक्रमितको संख्या र मृतकको संख्या हेर्दा इटली झै नदेखिए पनि अमेरिकाका मुख्य रुपमा न्युयोर्क सहरमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिइरहेको छ । शुक्रबार एकै दिन अमेरिकामा कोरोना भाइरसको २० हजार नयाँ संक्रमित फेला परेका थिए भने एक हजार तीन सय जनाले ज्यान गुमाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस