कोरोनाको डरसँगै निकोहुनेदरमा बृद्धि : विश्वभरका ६ लाख बढी संक्रमितद्धारा स्वास्थ्यलाभ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिड–१९ का ६ लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।
निको हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा अहिलेसम्म ८८ हजार कोरोना भाइरसका बिरामीहरु निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् । स्पेनमा पनि सोही हाराहारीमा संक्रमितहरु निको भइसकेका छन् । अमेरिकामा पनि ७० हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वभर समग्र संक्रमितको संख्या भने २४ लाख दुई हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी सात लाख ५८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा एक लाख ९८ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने इटालीमा एक लाख ७८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ६५ हजार नाघेको छ । अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघिसकेको छ भने इटालीमा २३ तथा स्पेनमा २० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस