हतारमा लकडाउन हटाउँदा कोरोना संक्रमण थप फैलिने डब्लूएचओको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन हतारमा हटाउँदा संक्रमण थप बल्झिने चेतावनी दिएको छ । विभिन्‍न मुलुकले लकडाउनलाई सहज बनाउँदै लगेपछि डब्लट्ठएचओको यस्तो चेतावनी आएको हो । डब्लूएचओका क्षेत्रीय निर्देशक ताकेशी कसाईले मंगलबार समयभन्दा पहिले यो कोरोना संक्रमणका लागि लगाइएको लकडाउन हटाएमा थप क्षति हुनसक्ने बताएका हुन् ।

उनले भने, कम्तीमा कोरोनाविरुद्धको भ्याक्सिन नबनेसम्म अथवा यसको सहज उपचार विधि पत्ता नलागेसम्म लकडाउन हाम्रा लागि न्यु नर्मल हुनुपर्दछ । किनकि यसको फइदाका प्रमाणहरु भेटिएका छन् । जुन सरकारले लकडाउन हटाउन चाहन्छन् । ती मुलुकहरुले हरेक प्रतिबन्धहरु विस्तारै फुकुवा गर्नुपर्दछ । प्रतिबन्धहरु सहज बनाउँदै जाँदा कतिको प्रभावकारी भइरहेको छ भन्‍ने अनुगमन पनि गर्नुपर्दछ, उनले थपे । तर, जापान र सिंगापुरमा भने कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बीबीसी

ताजा अपडेट

खोजी गर्नुहोस