वैशाख १६, काठमाण्डौ । नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्ने भएको छ । नेपालमा रहेका अष्ट्रेलियाली नागरिकलाई फर्काउन दूतावासले उक्त उडानको पहल गरेको हो । यात्रु स्वयम्ले टिकट काट्ने गरी यसअघि पनि दूतावासले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी ब्रिस्वेन उडाएको थियो ।
यस पटक भने आगामी ६ मेमा अष्ट्रेलियाको सिड्नीका लागि उडान गर्ने तयारी गरिएको दूतावासले उल्लेख गरेको छ । दूतावासले जुन व्यक्तिलाई अष्टे्रलिया र्फकनु छ, उनीहरुलाई टिकटका लागि नेपाल एयरलाइन्समै सम्पर्क गर्न समेत आह्वान गरेको छ ।
्