(कोरोनाअपडेट) बिश्वभर १० लाखबढीले जिते कोरोना, २ लाख २८ हजारभन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १८, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख १८, काठमाण्डौ । विश्वभर कोरोनाभाइरस संक्रमण भएर निको हुनेको संख्या १० लाख नाघेको छ । अहिलेसम्म संक्रमित भएका ३२ लाख १८ हजारमध्ये १० लाख जना निको भएका छन् । सबैभन्दा बढी अमेरिकाका संक्रमित निको भएका छन् । त्यहाँ संक्रमितको संख्या पनि ठूलो छ । अहिलेसम्म १० लाख ६४ हजार संक्रमित भएकामध्ये एक लाख ४७ हजार निको भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर दुई लाख २८ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा ६१ हजार ६५६ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा २३ सय ९० जनाको मृत्यु भएको छ । त्यसपछि बेलायतमा ७९५, स्पेनमा ४५३, ब्राजिलमा ४४८ र फ्रान्समा ४१८ जनाको मृत्यु भएको छ ।
मृत्युदर घटिरहेको स्पेनमा पनि पछिल्लो २४ घन्टामा ३२३ जनाको मृत्यु भयो । तर, चीनमा भने कसैको मृत्यु भएन। त्यहाँ २२ नयाँ संक्रमित फेला परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस