बैशाख ९, काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले दैनिक कीर्तिमान बनाउँदै गएको छ । केहीदिन यता संक्रमण दर लगातार बढ्दै गएको भारतमा बुधबारमात्र तीन लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको यो पहिलो पटक हो ।
यतिमात्र होइन, कुनै देशमा एकैदिन यति ठुलो संख्यामा संक्रमित पाइएको पनि यो पहिलो पटक हो । यसअघि अमेरिकामा ८ जनवरीमा एकैदिन ३ लाख ७ हजार जनामा संक्रमण पाइएको थियो ।