भारतमा दैनिक नयाँ रेकर्ड : चौबीस घण्टामा ३ लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १४, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको तथ्यांक छ । कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस