भारतमा कोरोना संक्रकणको दर दैनिक बढ्दो, एकैदिन ४ लाख बढीमा कोरोना, ३५ सयको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख १८, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाण्डौ । भारतमा कोरोना संक्रकणको दर दैनिक बढिरहेको छ । पछिल्लो २४ घन्टामा थप ४ लाख ८ हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । यो एकै दिन देखिएका अहिलेसम्मकै बढी संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

एक साता यता भारतमा दैनिक ३ हजार भन्दा धेरैले ज्यान गुमाइरहेका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६२ हजार २ सय ५६ पुगेको छ भने अहिलेसम्म १ करोड १९ लाख ५७ हजार ९४ जनाका संक्रमण पुष्ट भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस