भारतमा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ ९, आईतबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण दखिएको छ । भारतमा हालसम्म २ करोड ६२ लाख ८९ हजार २९० जना कोरोना संक्रमण भइसकेको छ । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको तथ्यांले देखाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस