जेठ ११, काठमाण्डौ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ९६ हजार ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक महिनामा यो सबैभन्दा कम संक्रमितको संख्या हो ।
१४ अप्रिलपछि पहिलो पटक २४ घन्टामा कम संक्रमण पुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण थप ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ३१ पुगेको छ ।