जेठ २०, काठमाडौं । कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ बेलायतसहितका युरोपेली मुलुकमा फैलिएको भन्ने डेली मेल अखबारको विवरणलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले नेपालमा अल्फा युके भेरिएन्ट र डेल्टा भारतीय भेरिएन्ट बाहेक अर्को भेरिएन्ट भेटिएको पुष्टि नभएको बताए ।