भारतमा कोरोना संक्रमणदर घट्दो, १ लाख ३१ हजार संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ २१, शुक्रबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौ । भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दो दरमा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ३७१ जना नयाँ संक्रमित थपिएको वर्ल्ड ओ मिटरको तथ्यांकमा उल्लेख छ । योसँगै त्यहाँ संक्रमितको संख्या २ करोड ८५ लाख नाघेको छ ।
यसैगरी भारतमा मृत्यु दर पनि घट्दो दरमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा २७ सय ६ को मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४० हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ६५ लाखभन्दा बढी निको भइसकेका छन् भने १६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोना संक्रमणदर घट्न थालेपछि केही प्रान्तहरुमा जारी लकडाउन खुकुलो पार्न थालिएको छ । कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रहरुमा दैनिक जनजीवन सहज बनाउन लकडाउन खुकुलो पार्न थालिएको हो । महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा आजबाट लकडाउन अन्तको घोषणा गरिएको छ । मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको थियो । अब चरणवद्ध तरिकाले लकडाउन हटाइँने जनाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस