भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दो : ६० हजार ४ सय ७१ संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १, मंगलबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार भन्दा केही धेरै कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १७ लाख ५१ हजार भन्दा धेरैको परीक्षण गर्दा ६० हजार ४ सय ७१ नयाँ संक्रमित थपिएका हुन् ।

यो अवधिमा १ लाख १७ हजार ५ सय २५ जना संक्रमणमुक्त भएका छन् भने २७२६ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको छ । ती मध्ये २ करोड ८२ लाख ८० हजार ४७२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७७ हजार भन्दा धेरैको मृत्यु भएको छ । अहिले भारतमा ९ लाख १३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेको सरकारी तथ्यांक छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस