भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ अषाढ १५, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १५, काठमाण्डौ । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सवैभन्दा कम हो । चालीस हजारभन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो ।

भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ । करिब ७० दिनपछि भारतमा गत दई दिन यतादेखि एक हजारभन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस