असार २१, काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर क्रमशः घट्दो दरमा रहेको छ । पछिल्लो २४ घण्टामा ५५२ संक्रमितको मृत्यु भएसँगै त्यहाँ कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३ हजार ३१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३४ हजार ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा अहिले भारतमा संकरमण दर निकै कम हुँदै गएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ३ करोड ६ लाख १८ हजार ९३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ७० हजार ७९८ जना सक्रिय संक्रमित छन् ।