अब स्वास्थ्य बीमा लिन पालिकामै ‘प्रस्थान विन्दु’, रेफर नचाहिने

अब स्वास्थ्य बीमा लिन पालिकामै ‘प्रस्थान विन्दु’, रेफर नचाहिने

वैशाख १८, काठमाडौं । अब स्वास्थ्य बीमाका सेवाग्राहीले आफू बसोबास गरेकै स्थानबाट बिमा सेवा पाउने भएको छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई सहज बनाउन नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लगेक थिए । मन्त्रीपरिषद्ले उनको प्रस्ताव स्वीकृत गरेको हो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुविधा लिने प्रयोजनमा रेफर लिनकै लागि पनि टाढा धाउनु पर्ने झण्झट हट्ने बताए । यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । तर अब व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

संशोधित नियमावली अनुसार अब नेपालको जुन ठाउँबाट स्वास्थ्य बीमा गरे पनि र जुनसुकै ठाउँमा स्वास्थ्य बीमाको सुविधायुक्त अस्पतालमा भर्ना भए पनि बीमा सुविधा पाइने छ । रेफर नचाहिने भएको हो ।

साथै अब बीमा गरेको एक महिनाभित्रै बिमा सेवा लिन सकिने व्यवस्था पनि भएको छ । यसअघि बीमाको सेवा लिन तीन महिना पर्खनुपर्ने अवस्था थियो । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संशोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस