सरकारको नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १९, शुक्रबार (१ दिन अघि)
  • १३ पटक पढिएको
सरकारको नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

बैशाख १९,काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् ।

यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए । ‘स्वास्थ्य सम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ,’ राष्ट्रपति पौडेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस